Section 92
पुन जाँचपास गराउनु पर्ने
(१) दफा ९१ को उपदफा (२) मा लेखिएको म्याद नाघेको मितिले सात दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष पुन जाँचपासको लागि दरखास्त दिई जाँचपास गराउनु पर्छ ।
(२) उपदफा (१) मा लेखिएको म्यादसम्म पुन जाँचपास नगराएमा सो म्याद नाघेको मितिले पैंतीस दिनभित्र त्यस्तो सवारी जाँचपास गराउन ल्याएमा जाँचपासको लागि लाग्ने दस्तुरको अतिरिक्त शत प्रतिशत थप दस्तुर समेत लिई त्यस्तो सवारी जाँचपास गरी दिनु पर्छ ।
(३) उपदफा (२) बमोजिमको म्यादभित्र पनि जाँचपास नगराएमा त्यस्तो जाँचपासको प्रमाणपत्र स्वतः रद्द हुनेछ । यसरी जाँचपासको प्रमाणपत्र रद्द भएको सार्वजनिक सवारी पुन जाँचपास गराउन ल्याएमा सवारी धनी वा व्यवस्थापकबाट उपदफा (२) बमोजिमको दस्तुरको अतिरिक्त पाँचहजार रुपैयाँसम्म जरिवाना लिई त्यस्तो सवारी पुन जाँचपास गरी जाँचपासको प्रमाणपत्र दिनु पर्छ ।